स्ट्रेट अफ हर्मुज बन्द गर्ने इरानको घोषणा, तेल आपूर्तिमा संकट
nepalnews.com · Thu Jun 11 05:38:04 GMT 2026

काठमाडौँ । इरान र अमेरिकाबीचको सैन्य तनाव एकाएक उत्कर्षमा पुगेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार इरानी इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्सले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य बेसलाई लक्षित गरी जवाफी आक्रमण सुरु गरेको छ । इरानले विशेष गरी कुवेत, बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य ठेगानाहरूमा मिसाइल प्रहार गरेको दाबी गरेको छ ।
यसअघि, अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानभित्रका विभिन्न ठेगानाहरूमा ‘आत्मरक्षाका लागि’ भन्दै शृङ्खलाबद्ध हवाई आक्रमण गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप सैन्य कारबाही गर्ने चेतावनी दिँदै भनेका थिए, “आफ्नो हितमा हुने सम्झौताका लागि इरानले धेरै समय गुमायो, अब उसले यसको मूल्य चुकाउनुपर्नेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)