वीरगञ्जमा अचेत भेटिएका गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन
khabarhub.com · Thu Sep 03 05:00:14 GMT 2026

काठमाडौँ – गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको ५८ वर्षको उमेरमा निधन भएको छ। पर्साको वीरगञ्ज महानगरपालिका–४ स्थित गहवामाई मन्दिर अगाडिको चौतारोमा मङ्गलबार अचेत अवस्थामा भेटिएका उपाध्यायलाई उपचारका लागि नारायणी अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषित गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार स्थानीयले खबर गरेपछि वडा प्रहरी कार्यालय बिर्ताको टोलीले उनको उद्धार गरी अस्पताल पुर्याएको थियो। तनहुँको भानु नगरपालिका–५ घर भई काठमाडौँको कलङ्कीस्थित ढुङ्गेअड्डा बस्दै आएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)