भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन
barnanmedia.com · Thu Sep 03 04:52:21 GMT 2026

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परेर ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापनअन्तर्गत नुवाकोटमा शव सङ्कलनको प्रारम्भिक चरण सकिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख (प्रहरी उपरीक्षक) विपिन रेग्मीका अनुसार जमिनको सतहमा रहेका शवको खोजतलास एवं सङ्कलनअन्तर्गत हालसम्म १७७ जनाको शव फेला पारिएको छ । तीमध्ये १६ जनाको पहिचान भएकाले सम्बन्धित परिवारलाई बुझाएको र बाँकी शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)