दर्ता नहुने रिटमा सर्वोच्चले ४८ घण्टाभित्र निकासा दिने
baahrakhari.com · Thu Jun 11 05:56:00 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले सेवाग्राहीबाट पेस हुन आएका रिट निवेदन दर्ता नहुने अवस्थामा ४८ घण्टाभित्र निकासा दिने भएको छ । सर्वोच्चका मुख्य रजिस्ट्रार विमल पौडेलको निर्देशनानुसार दर्ता हुन नसक्ने प्रकृतिका निवेदन ४८ घण्टाभित्रै निकासा दिने गरी प्रशासनिक तबरबाट निर्णय गरिएको हो ।
साथै, सर्वोच्चले आवश्यक कागजातसहित पेस गरिएको समयबाट सामान्यतया २४ घण्टाभित्र रिट दर्तासम्बन्धी कारबाही टुंग्याउने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)