डोल्पामा १०६ मेगावाटको जगदुल्ला जलविद्युतको मुख्य सुरुङ निर्माण सुरु, ‘कर्णालीको आर्थिक रूपान्तरणको आधार बन्ने’
aarthiknews.com

डोल्पा। डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ (हेडरेस टनेल) निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुड्केचुला गाउँपालिका-४ इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको शुभारम्भ गरेका हुन ।
सुरुङ निर्माण शुभारम्भ गर्दै मन्त्री श्रेष्ठले संघ, प्रदेश र स्थानीय तहको संयुक्त स्वामित्व तथा लगानीमा अघि बढेको आयोजना डोल्पाको मात्र नभई समग्र कर्णाली प्रदेशकै ऊर्जा, पूर्वाधार र आर्थिक विकासको महत्वपूर्ण आधार बन्ने बताए। आयोजना निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्दै उनले सफल कार्यान्वयनका लागि तीनै तहका सरकार, स्थानीय समुदाय र सरोकारवालाबीच निरन्तर समन्वय तथा सहकार्य आवश्यक रहेको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)