कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
ratopati.com · Thu Sep 03 05:18:10 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसभित्र महाधिवेशनको प्रक्रिया र मितिलाई लिएर आन्तरिक शक्ति सङ्घर्ष चुलिएका बेला केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ । निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेपछि संस्थापनले अनुशासन समिति बैठक बोलाएको हो ।
अनुशासन समिति बैठक आज दिउँसो २ बजे बस्ने तय भएको छ । अनुशासन समिति सचिव दिनेश थापामगरले जारी गरेको सूचनामा लेखिएको छ- ‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक २०८३ भदौ १८ गते बिहीबार दिउँसो २ : ०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर ललितपुरमा बस्ने भएकोले समितिका सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)