सर्केगार्डदेखि सुर्खेतको गाडी भाडा सस्तियो
deshsanchar.com · Wed May 07 17:15:10 GMT 2025

सिमकोट – सार्वजनिक यातायातमा हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिका केन्द्रदेखि सुर्खेत हुँदै नेपालगञ्जसम्मको भाडा सस्तिएको छ। सर्केगार्डबाट सार्वजनिक बस सञ्चालनमा आएपछि भाडादर सस्तिएको हो।
खार्पुनाथ मानसरोवर सम्युक्त यातायात प्रालिले सर्केगार्ड गाउँपालिका केन्द्र सर्केगार्डबाट सुर्खेत र नेपालगंजसम्म सार्वजनिक बस सेवा सञ्चालन आएपछि भाडादर सस्तिएको हो। यसअघि बोलेरो जीपमा सर्केगार्डबाट सुर्खेतसम्म यात्रा गर्नु पर्दा एक जना यात्रुको साढे सात हजार लाग्ने गथ्र्यो। सार्वजनिक बस सेवा सञ्चालनमा आएपछि सर्केगार्डबाट सुर्खेतसम्म प्रति यात्रु तीन हजार पाँच सय रुपैयाँँ भाडा लाग्ने गरेको छ। यसैगरि नेपालगंजसम्म चार हजर रुपैयाँ भाडा लग्ने गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)