देउवा समूहको समानान्तर महाधिवेशन गर्ने तयारीपछि कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
nepalviews.com · Thu Sep 03 05:22:09 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समिति बैठक बोलाइएको छ । आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको समितिका सचिवा दिनेश थापामगरले जानकारी दिएका छन् । चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरी समानान्तर गतिविधि गरिरहेको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले महाधिवेशनकै लागि समानान्तर कार्यतालिका ल्याउन लागेका बेला अनुशासन समितिको बैठक बोलाइएको हो ।
विशेष महाधिवेशनलाई अस्वीकार गरेको देउवा समूह विशेष महाधिवेशनपछि पार्टी केन्द्रीय कार्यालय सानेपा गएको छैन । उसले समानन्तर गतिविधि गर्दै आएको छ । कांग्रेसको १५ औँ महाधिवेशन आगामी असोज १६ देखि १९ सम्म काठमाडौंमा गर्ने कार्यतालिका छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)