सरकारको प्राथमिकतामा ७८ विधेयक
gorkhapatraonline.com · Thu Sep 03 05:21:11 GMT 2026

सरकारले सङ्घीय संसदमा पेस गरेको विधेयकको प्राथमिकता सूची अनुसार विधेयक तर्जुमा प्रक्रियाको आन्तरिक अनुगमन (ट्र्याक) र नियमित अद्यावधिक सुरु गरेको छ ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रधानमन्त्री कार्यालय तथा सम्बन्धित मन्त्रालयबाट नियमित जानकारीको आन्तरिक संयन्त्र विकास गरेको हो । मन्त्रालयले संसदमा पेस गरेको प्राथमिकता सूची अनुसार सम्बन्धित निकायबाट भइरहेका कामको नियमित निगरानी गरिरहेको छ । अहिले ७८ वटा विधेयकको नियमित प्रगति विवरण मन्त्रालयले तयार पारिरहेको छ । मन्त्रालयले सङ्घीय संसद्लाई कुल १६६ विधेयकको सूची बुझाएको थियो; जसमा पहिलो प्राथमिकताक्रममा रहेका ६४, दोस्रोमा ४५ र तेस्रोमा ५७ विधेयक छन् । अहिले प्रधानमन्त्री कार्यालय तथा अन्य १७ मन्त्रालयका ७८ विधेयकबारे विभिन्न चरणमा काम भइरहेका छन् । कानुन मन्त्रालयका अनुसार पहिलो प्राथमिकता सूचीमा रहेका विधेयकको कामलाई प्राथमिकता दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)