क्यान्सर औषधि आयातमा अनियमितता, लिबियामा मन्त्रीसहित पाँचजना पक्राउ
baahrakhari.com · Wed May 07 17:46:55 GMT 2025

त्रिपोली । लिबियाका स्वास्थ्यमन्त्री रमदान बुजेनाह र चारजना वरिष्ठ अधिकारीहरूलाई इराकबाट क्यान्सर उपचारका औषधि आयातका क्रममा अनियमितता भएको आशंकामा पक्राउ गरिएको छ । त्रिपोलीस्थित राष्ट्रिय एकता सरकार (जीएनयु) अन्तर्गतका यी अधिकारीहरूलाई कानुनी, आर्थिक र प्राविधिक प्रक्रियाहरूको पालना नगरी औषधि आयात गरेको अभियोग लागेको हो ।
लिबियाको महान्यायाधिवक्ताको कार्यालयले जनाएअनुसार, औषधि खरिदका लागि आवश्यक सरकारी प्रक्रिया नअपनाई सार्वजनिक ठेक्कासम्बन्धी नियम उल्लंघन गरिएको छ । प्रारम्भिक अनुसन्धानपछि प्रधानमन्त्री अब्दुलहामिद डेबाइबहको कार्यालयले केही समयअघि मन्त्री बुजेनाहसहित चार अधिकारीलाई निलम्बन गरेका थिए । हाल मन्त्रालयका पूर्वउपसचिव मोहम्मद अल–घोज कार्यवाहक स्वास्थ्यमन्त्रीका रूपमा नियुक्त भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)