भोटेकोशी बाढीपछि हराए मामा–भान्जा
annapurnapost.com · Thu Sep 03 05:18:55 GMT 2026

विराटनगर: रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि मोरङका मामा–भान्जा सम्पर्कविहीन छन्। विराटनगर महानगरपालिका–५ का सोमप्रसाद कट्टेल र बेलबारी नगरपालिका–११ का अनोज धमला बाढी आएको दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन्।
भदौ १० गते बिहान करिब ८:४४ बजे सोमप्रसादले परिवारलाई फोन गरेका थिए। उनले आफूहरू रसुवाको टिमुरे पुगेको र अब करिब १० मिनेटमा भोटेखोला पुग्ने बताएका थिए। त्यसपछि भने उनको फोन आएन। परिवारले सुरुमा बाढीका कारण सञ्चार सम्पर्क अवरुद्ध भएको हुनसक्ने अनुमान गरेको थियो। केही समयपछि फोन आउने आशामा आफन्तहरू बसे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)