धनुषामा झाडीभित्र लुकाएर राखिएको १०७ किलो गाँजा बरामद
annapurnapost.com · Thu Sep 03 05:45:14 GMT 2026

काठमाडौं : धनुषा नगराइन नगरपालिका-५ स्थित खिरखिरिया जाने भित्री बाटोको छेउमा रहेको झाडीबाट १०७ किलोभन्दा बढी अवैध लागुऔषध गाँजा बरामद भएको छ। उक्त स्थानमा लागुऔषध गाँजा रहेको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय लग्माजटहीबाट प्रहरी टोली खटिएको थियो ।
प्रहरी टोलीले खोजतलास गर्दा प्लास्टिकमा बेरिएका ९ पोका गाँजा फेला पारी नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई प्लास्टिकबाहेक तौल गर्दा गाँजाको वास्तविक तौल १०७ किलो ९९८ ग्राम रहेको थियो । बरामद गाँजा आवश्यक अनुसन्धानका जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)