कृष्णभिरमा पहिरो : दुवै छेउबाट रुख कटान सुरु
himalpress.com · Thu Sep 03 05:55:01 GMT 2026

काठमाडौँ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा गएको पहिरो पन्छाउने काम अघि बढाइएको छ। पूर्वाधार विकास मन्त्रालयले पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटान सुरु गरिएको जानकारी दिएको हो।
पहिरो हटाउन आवश्यक निर्माण उपकरण सडकको दुवै छेउमा तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ। रुख कटानको काम सम्पन्न भएपछि उपकरण परिचालन गरेर पहिरो पन्छाउने कार्य सुरु गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)