पर्यटन प्रवर्द्धनसँगै पोषण सुधारका लागि कुखुरा वितरण
deshsanchar.com · Wed Mar 05 17:45:58 GMT 2025

गुल्मी – जिल्लाको रेसुङ्गा नगरपालिका–१३ अन्तर्गत भँगारीमा छ लाख ६० हजार मूल्य बराबरका स्थानीय जातका कुखुरा वितरण गरिएको छ। यहाँस्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पोषण सुधारका लागि ग्रामीण कुखुरापालन कार्यक्रमअन्तर्गत भँगारीका कृषकलाई कुखुरा वितरण गरिएको हो।
ग्रामीण क्षेत्रमा स्थानीयलाई रोजगारी सिर्जना गर्ने, पोषणमा सुधार ल्याउने र पर्यटन प्रवर्द्धनसँगै रेसुङ्गा होमस्टेमा आउने पाहुनालाई स्थानीय स्वाद चखाउने उद्देश्यले स्थानीय जातका कुखुरा वितरण गरिएको पशु सेवा विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत हुमकान्त पाण्डेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)