आयु सकियो, फेरि बल्झियो कृष्णभीरको पहिरो (फोटो फिचर)
khabarhub.com · Thu Sep 03 06:02:10 GMT 2026

धादिङ – त्रिशूली नदीले सतहबाटै जमिन कटान गरेपछि पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्डअन्तर्गत धादिङको कृष्णभीरमा खसेको पहिरोले तीन दिनदेखि यातायात ठप्प भएको छ। पहिरोका कारण काठमाडौँ उपत्यका जोड्ने मुख्य राजमार्ग भएर आवतजावत गर्ने हजारौँ सवारी साधन र यात्रु अलपत्र परेका छन्।
२०५५/५६ सालतिर कृष्णभीरमा निरन्तर खस्ने पहिरोले यात्रुलाई सास्ती दिने गरेको थियो। २०६० सालमा बायो–इन्जिनियरिङ प्रविधिबाट निर्मित पहिरो नियन्त्रण पर्खाल र संरचनाको प्राविधिक आयु २० वर्ष निर्धारण गरिएको थियो। उक्त संरचनाको आयु सकिएलगत्तै नदी कटानका कारण फेरि ठूलो पहिरो खस्दा आवतजावत पूरै ठप्प बनेको छ। पहिरोकै कारण कुनै बेला ‘झर्यो, झर्यो कृष्णभीर…’, ‘कृष्णभीरको पहिरोले माया आउने बाटो छेकियो’ र ‘कृष्णभीरमा जाम’ जस्ता लोकप्रिय गीतहरू बनेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)