दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
ratopati.com · Thu Jul 02 16:44:41 GMT 2026

काठमाडौँ । आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेल अमेरिका जाँदैछन् । असार २१ मा दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् । मन्त्रिपरिषद्ले यसअघि नै आईजीद्ववयको भ्रमण स्वीकृत गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
युएन (संयुक्त राष्ट्रसङ्घ)को प्रधान कार्यालयमा आयोजित प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुन आईजीद्ववय अमेरिका प्रस्थान गर्न लागेका हुन् । युएनका सदस्य राष्ट्रका प्रहरी प्रमुखहरूको सम्मेलन जुलाई ७ देखी ९सम्म हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)