रसुवाको टिमुरेबाट १०५ जनालाई सकुशल उद्धार
arthasansar.com · Thu Aug 27 05:27:20 GMT 2026

रसुवाको टिमुरेबाट १०५ जनाको सकुशल उद्धार भएको छ । नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट १०५ जनालाई सकुशल उद्धार गर्न सफल भएको हो । उद्धार गरिएकामध्ये ६ जना विदेशी पर्यटक रहेका छन् ।
यसै क्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक इभाकुएसन गरिएको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार मैलुङ हाइड्रोपावरको ३ ए टनेलबाट उनीहरूको उद्धार भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)