बजेटबारे रास्वपाकै सांसद अमरेशकुमारको टिप्पणी- यो फुकेको बेलुनजस्तै हो, धेरै दिन टिक्दैन
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटलाई कार्यान्वयन हुन नसक्ने 'फुकेको बेलुन'को संज्ञा दिएका छन् । बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले सरकारको बजेट निर्माण र यसको प्राथमिकतामाथि कडा आलोचना गरे ।
बजेटको आकार र यसको विश्वस्ततामाथि प्रश्न उठाउँदै सांसद सिंहले भने, 'साउथ एसियामा कुनै देश छैन- जहाँ जीडीपीको ३२/३३ प्रतिशत बजेट बनाइन्छ । यो आफैँमा एउटा ठूलो फुकेको बेलुन हो,' उनले भने, 'फुकेको बेलुन लामो समय टिक्दैन । यो बजेट कार्यान्यन हुन्छ ? मलाई विश्वास छैन । अरू साथीहरूलाई होला ।'
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)