पोखरामा ४० वर्षमाथिको भेट्रान फुटबल प्रतियोगिता हुने
baahrakhari.com · Wed Mar 03 17:03:00 UTC 2021
कास्की । पोखरामा यही फागुन २४ देखि २९ गतेसम्म ‘चौथो रञ्जित गुरुङ स्मृति तथा १०औँ बगर भाइ खलक भेट्रान्स एट-ए-साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’ हुने भएको छ ।
पूर्वराष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, खेलकर्मी तथा खेलकुदमा योगदान पुर्याएका व्यक्ति आबद्ध संस्था बगर भाइ खलक पोखराले प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिएको हो । पोखराको पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका महासचिव यामबहादुर गुरुङले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)