विद्या भण्डारीलाई एमालेले दियो सदस्यता
nepallive.com · Mon May 18 12:30:38 GMT 2026

काठमाडौं– नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ । सोमबार दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
आज बसेको बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय मात्रै गरेको उपमहासचिव भट्टले जानकारी दिए । अन्य विविध विषयमा छलफल भएको भए पनि निर्णय हुन बाँकी रहेको उनले बताए । उपमहासचिव भट्टका अनुसार, अर्को बैठक जेठ ८ गते बस्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)