देवघाटमा पशुपक्षी तथा मत्स्य उत्पादन प्रवर्द्धन गरिँदै
barnanmedia.com · Mon May 18 12:43:46 GMT 2026

देवघाट क्षेत्रमा दूध उत्पादन वृद्धि तथा पशुपालनलाई व्यावसायिक र आधुनिक बनाउने उद्देश्यले ‘कालीगण्डकी करिडोर केन्द्रित पशुपक्षी तथा मत्स्य उत्पादन प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा कार्यालय तनहुँले चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बराबरका विभिन्न कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यालयको ९० प्रतिशत तथा गोहीटार कृषि सहकारी संस्था, देवघाटको १० प्रतिशत साझेदारीमा सञ्चालन गरिएको उक्त कार्यक्रमले स्थानीय कृषकमा उत्साह थपेको छ । कार्यक्रममार्फत पशुपालनलाई व्यवस्थित, उत्पादनमुखी र व्यवसायिक बनाउने लक्ष्य लिइएको कार्यालयका प्राविधिक रुद्रसिंह ठकुरीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)