पाकिस्तानविरुद्ध भारतले हान्यो इजरायलमा निर्मित ड्रोन
onlinekhabar.com · Thu May 08 17:49:46 GMT 2025

२५ वैशाख, काठमाडौं । भारतले इजरायलमा निर्मित ड्रोन पाकिस्तान विरुद्ध प्रहार गरेको छ । इजरायलमा निर्मित दुई दर्जन बढी ‘हारोप ड्रोन’ भनिने ‘हार्पी ड्रोन २’ भारतले प्रहार गरेको भारतीय रक्षा मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार लाहोरस्थित पाकिस्तानी मिसाइललाई असफल बनाउन इजरायलमा निर्मित हारोप ड्रोन प्रयोग गरिएको हो ।
यद्यपि ती ड्रोनलाई विफल बनाएको दाबी पाकिस्तानले गरेको छ । यसअघि बुधबार पाकिस्तानले पाँच वटा भारतीय लडाकु विमानलाई पनि खसालेको दाबी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)