वान स्टेप फाउण्डेशनले बाढी प्रभावितलाई डिग्निटी बक्स वितरण गर्ने
gorkhapatraonline.com · Thu Sep 03 07:48:56 GMT 2026

बाढी प्रभावित महिला तथा बालिकाहरुलाई वान स्टेप फाउण्डेसनले ‘डिग्निटी बक्स’ वितरण गर्ने भएको छ। पहिलो चरणमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख रुपियाँ सहयोग गरेको फाउण्डेसनले दोस्रो चरणमा बाढी प्रभावित महिला तथा बालबालिकाहरुको स्वास्थ्य, सरसफाइ र व्यक्तिगत आवश्यकताका वस्तुहरुको प्याकेज (डिग्निटी बक्स) वितरण गर्ने भएको हो ।
डिग्निटी बक्स वितरणमा झण्डै ५० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ। फाउण्डेसनका संस्थापक परोपकारी धावक बाल जोशीका अनुसार प्रत्येक बक्समा महिनावारी तथा व्यक्तिगत सरसफाइको सामग्री, भित्री वस्त्र, साबुन तथा अन्य व्यक्तिगत उपयोगका सामग्री, शिशुका डायपरलगायत विपद्को समयमा आवश्यक पर्ने आधारभूत सामग्री समावेश गरिने छ। प्रत्येक बक्स तयार गर्न करिब ५ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)