चिनियाँ एजेन्ट बनेको आरोपमा अमेरिकी पत्रकारलाई जेल सजाय
khabarhub.com · Thu Sep 03 07:45:20 GMT 2026

एजेन्सी – चिनियाँ सरकारका लागि अमेरिकाभित्र गैरकानूनी रूपमा विदेशी एजेन्टका रूपमा काम गरेको अभियोगमा अमेरिकी पत्रकार थोमस वेयर पाउकेन द्वितीयलाई सङ्घीय अदालतले दुई वर्ष जेल सजाय सुनाएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।
एकाउन्न वर्षीय पाउकेनले यस वर्षको सुरुवातमा अभियोग स्वीकार गरेका थिए। अदालतले उनलाई जेल सजायपछि ३६ महिना निगरानीमा राख्ने र सो अवधिमा विदेश यात्रा गर्न नपाउने आदेशसमेत दिएको छ । उनका वकिल चार्ल्स बर्नह्यामका अनुसार पाउकेनले फैसलाविरुद्ध अपिल नगर्ने निर्णय गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)