प्रधान सेनापति सिग्देलद्वारा बाढी प्रभावित क्षेत्रमा निरीक्षण
nagariknews.nagariknetwork.com · Thu Sep 03 07:47:32 GMT 2026

नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले बाढीबाट प्रभावित त्रिशूली क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। प्रधान सेनापति सिग्देलले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यको निरीक्षण गरेका हुन्।
उनले खोज तथा उद्धार कार्य भइरहेका टनेललगायत विभिन्न प्रभावित क्षेत्रको अवलोकन गरेका छन्। निरीक्षणका क्रममा प्रधान सेनापति सिग्देलले उद्धार कार्यको प्रगति, सुरक्षा अवस्था तथा उद्धारमा देखिएका चुनौतीबारे जानकारी लिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)