भोटेकोसी बाढी : २९ शव गोकर्णमा व्यवस्थापन गरिँदै
baahrakhari.com · Thu Sep 03 07:59:19 GMT 2026

काठमाडौं । रसुवा भोटेकोसी बाढीमा बगेका २९ शव गोकर्णेश्वर नगरपालिकाको जंगलमा व्यवस्थापन गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागका अनुसार पहिचान हुन नसकेका २९ वटा शवलाई आज व्यवस्थापन गर्न लागिएको हो ।
फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार यसअघि ८५ शव जंगलमा व्यवस्थापन गरिएको थियो । हालसम्म १७७ शव व्यवस्थापनका लागि अस्पतालमा ल्याइएको छ । तीमध्ये १२९ शवको पोस्टमार्टम सम्पन्न भइसकेको छ । ८५ शव अस्थायी रूपमा जमिनमुनि व्यवस्थापन गर्न लागिएको हो । २१ शव पहिचान गरेर परिवारको जिम्मा लगाइएको डा. चौधरीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)