भूमिहीन सुकुम्वासीले बनाए राष्ट्रिय संघर्ष समिति, यस्तो छ काठमाडौं केन्द्रित आन्दोलन
nepalpress.com · Mon May 18 13:17:29 GMT 2026

रुपन्देही । भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूको पहिलो चरणको राष्ट्रिय भेलाले सरकारविरुद्ध थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्दै खगेन्द्र पौडेलको अध्यक्षतामा ७५ सदस्यीय राष्ट्रिय समन्वय समिति गठन गरेको छ ।
आइतबारदेखि बुटवलमा आयोजना भएको राष्ट्रिय भेला सोमबार नेतृत्व चयन गर्दै सकिएको हो । देशका विभिन्न जिल्लाबाट यो भेलामा हजारौं सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरू सहभागी भएका थिए । उनीहरूले विरोध प्रदर्शनसहित भेला आयोजना गर्दै भूमि अधिकार सुनिश्चित गर्न सरकारमाथि दबाब बढाउने निर्णय गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)