संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन
barnanmedia.com · Thu Sep 03 07:55:54 GMT 2026

प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य स्थानमा फसेकाको तत्काल खोज, उद्धार तथा सुरक्षित स्थानान्तरणलाई उच्च प्राथमिकता दिन सरकारलाई निर्देशन दिएको छ ।
समितिको आजको बैठकले नेपाल सरकार र स्थानीय तहको समन्वयमा उद्धारलाई तीव्र बनाउन निर्देशन दिएको हो । समितिले बाढीबाट अवरुद्ध सडक सञ्जाल तत्काल पुनःसञ्चालन र क्षतिग्रस्त सडक तथा पुलको शीघ्र मर्मत अघि बढाउनसमेत निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)