बाढीपीडितको राहतका लागि इक्यानद्वारा १५ लाख १ हजार रुपैयाँ सहयोगको घोषणा
kendrabindu.com · Thu Aug 27 07:02:03 GMT 2026

काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले कुल १५ लाख १ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
‘इक्यान फर नेसन’ अभियानअन्तर्गत इक्यान केन्द्रीय कोषबाट १० लाख १ हजार रुपैयाँ र केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको व्यक्तिगत योगदानबाट ५ लाख रुपैयाँ संकलन गरी उक्त सहयोग उपलब्ध गराउन लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)