वालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्य : नेता सुवेदी
baahrakhari.com · Thu Jun 11 09:26:00 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्टपार्टी (नेकपा)का राष्ट्रियसभाका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले वालेन्द्र शाहजस्तो व्यक्ति देशको प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्य भएको टिप्पणी गरेका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले प्रधानमन्त्री शाहले नेपाल–भारतबीचको सीमा समस्याको विषयमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुका साथै आमनागरिकसमक्ष माफी माग्नुपर्ने बताए । उनले देशको प्रधानमन्त्रीले राष्ट्रियता र मातृभूमिसँग सम्बन्धित विषयमा गैरजिम्मेवार र आपत्तिजनक टिप्पणी गर्न नहुनेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)