भोटेकोशी बाढीपीडितलाई धनगढीको केजी अस्पतालद्वारा १२ लाखभन्दा बढी सहयोग
swasthyakhabar.com · Thu Sep 03 08:44:44 GMT 2026

धनगढी- धनगढीमा रहेको केजी अस्पतालले आफ्नो एक साताको सम्पूर्ण आम्दानी भोटेकोशी नदीमा आएको बाढीबाट पीडितको राहत र पुनःस्थापनाका लागि सहयोग गरेको छ। अस्पतालले बाढीपीडितको सहयोगार्थ १२ लाख २ हजार ७७४ रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत, खाद्यान्न वितरण, आपत्कालीन चिकित्सा सेवा र दीर्घकालीन पुनःस्थापनाका कार्यहरूमा परिचालन गर्न सहयोग पुगोस् भनेर आर्थिक सहयोग गरिएको केजी अस्पताल प्रा. लि. का सहायक प्रबन्ध निर्देशक बसन्त अवस्थीले बताउनुभयो। अस्पतालको भदौ ११ गतेदेखि १७ गतेसम्मको सबै आम्दानी ११ लाख ५१ हजार ६६३ रुपैयाँ र कर्मचारीका तर्फबाट ५१ हजार १११ रुपैयाँ बाढीपीडितलाई सहयोग गरिएको उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)