नागरिकको जीवनसँग खेलबाड गर्ने छुट कसैलाई छैन : सांसद बुढा
baahrakhari.com · Thu Sep 03 08:41:48 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढाले भोटेकोसी बाढीमा सुरुङमा फसेकाहरूको उद्धार द्रुत गतिमा गर्न आग्रह गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले ठोस परिणाम देखिन नसक्नु चिन्ताजनक भएको बताइन् ।
“पुराना र प्रभावहीन उपकरणका भरमा उद्धार सम्भव हुँदैन । सञ्चारमाध्यममा उद्धार टोली सुरुङको मुखसम्म पुगेको प्रचार भइरहे पनि उद्धारमा ठोस परिणाम देखिन नसक्नु अत्यन्त चिन्ताजनक छ,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)