पारा तेक्वान्दो टोली मङ्गोलिया जाँदै
barnanmedia.com · Mon May 18 14:01:17 GMT 2026
काठमाडौँ, ४ जेठः आइची-नागोया एसियाली पारा तेक्वान्दोको छनोट प्रतिस्पर्धामा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली शुक्रबार मङ्गोलियाको उलानबटार प्रस्थान गर्ने भएको छ ।
यही जेठ १२ गते (मे २६ तारिख)मा हुने प्रतियोगिताको के-४४ क्याटगोरीअन्तर्गत पुरुष ६३ केजीमुनि अमिर ब्लोन र महिला ४७ केजीमुनि रेणु तामाङले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा कविराज नेगी लामा तथा व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)