बाढी प्रभावित जनप्रतिनिधिको गुनासो : शवमा पनि लुटपाट भयो
ratopati.com · Thu Sep 03 08:54:32 GMT 2026

काठमाडौँ । रसुवा बाढी प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङका स्थानीय जनप्रतिनिधिहरूले पीडित र प्रभावित नागरिकले समयमा उद्धार र राहत नपाएको जानकारी गुनासो गरेका छन् । उनीहरूले खास गरी सङ्घीय सरकारले स्थानीय सरकार र जनप्रतिनिधिलाई बेवास्ता गरेर काम गर्न खोजेका कारण यस्तो समस्या आएको बताएका हुन् ।
नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्मासँग बिहीबार छलफल गर्दै उनीहरूले यस्तो गुनासो गरेका हुन् । त्यसक्रममा स्थानीय प्रतिनिधिहरूले राहत सामग्रीको अभाव नरहेको देखिए पनि पीडितहरूले प्राप्त गर्न नसक्नुमा एकद्वार प्रणाली जिम्मेवार रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)