प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला
gorkhapatraonline.com · Thu Sep 03 08:52:55 GMT 2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नक्रम बढ्दै गएको छ । भोटेकोशी बाढीपीडितलाई राहत, उद्धार र पुनः स्थापनाका लागि रकम दाखिला गरिएको हो । काठमाडौँस्थित ठमेलमा सञ्चालन भएको रमादा होटलले ११ लाख ११ हजार १११ सहयोग गरेको छ । उक्त होटेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको होटेलका अध्यक्ष जगन्नाथ ज्ञवालीले जानकारी दिनुभयो ।
वालिङ (स्याङ्जा): स्याङ्जाको पुतलीबजार नगरपालिकाले २७ लाख ३९ हजार ८५८ सहयोग उपलब्ध गराएको छ । नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको मासिक तलबबाट रकम सङ्कलन गरिएको नगर प्रवक्ता मनोज पौडेलले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)