आफैँ बाँच्ने आशा मारिसकेका राजेन्द्रले बचाए सात जनाको ज्यान
barnanmedia.com · Thu Sep 03 08:41:49 GMT 2026

“बाढी आइरहेको छ, हेर त ।” रातभरको काम सकेर कोठामा फर्किनुभएका राजेन्द्र थापा मगरलाई एक साथीले बाहिरबाट बोलाए । बाहिर निस्केर हेर्दा आफूहरू बसेको स्थानभन्दा करिब ८० मिटर तल रहेको खोला अस्वाभाविक रूपमा उर्लिरहेको थियो ।
रसुवामा साढे दुई वर्षदेखि काम गर्दै आउनुभएका राजेन्द्रलाई त्यहाँको खोलाको सामान्य अवस्था थाहा थियो । त्यस बिहान भने अवस्था फरक देखियो । रातिको काम बिहान ६ः०० बजे सकेर कोठामा फर्किनुभएका उहाँले हातमुख धोएर खाजा खानुभएको थियो । केहीबेर आराम गर्दै गर्दा साथीले बाढी आएको खबर गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)