उडिरहेको विमानका पाइलटको स्वास्थ्य बिग्रिएपछि मस्कटतर्फ डाइभर्ट
ratopati.com · Thu Sep 03 08:55:36 GMT 2026

नयाँ दिल्ली । दोहाबाट भारतको बैंगलुरुका लागि उडेको इन्डिगोको विमानका पाइलट–इन–कमान्डको उडानकै क्रममा अचानक स्वास्थ्य बिग्रिएपछि विमानलाई ओमानको मस्कटतर्फ डाइभर्ट गरिएको छ।
विमान अवतरण गर्ने बेलासम्म मेडिकल टिम धावनमार्गमा पुगिसकेको थियो। विमान अवतरण गरेपछि पाइलटको स्वास्थ्य जाँच गरिएको थियो। त्यसपछि उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो। अहिले पाइलटको स्वास्थ्य अवस्था ठीक रहेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)