भगवान् विष्णुको दर्शन गर्न भक्तजन मन्दिरमा [फोटोफिचर]
hamrakura.com · Thu Jun 11 00:00:00 GMT 2026
काठमाडौँ । परमा एकादशीको अवसरमा आज बिहानैदेखि बूढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको ठूलो घुइँचो लागेको छ। भगवान् विष्णुको दर्शन तथा पूजा–आराधनाका लागि श्रद्धालुहरू बिहान सबेरैदेखि मन्दिर पुगिरहेका छन्।
मन्दिर परिसरमा भक्तजनहरूको उल्लेखनीय भीड देखिएको छ। दर्शनका लागि लामो लाइन लागेकाले श्रद्धालुहरूले आफ्नो पालो कुरिरहेका छन्। मन्दिरमा विशेष आरती, भजन तथा कीर्तन कार्यक्रम सञ्चालन भइरहेको छ, जसले सम्पूर्ण वातावरणलाई भक्तिमय बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)