स्टिम बाथ चुलोले दाउरा र समय बचत
deshsanchar.com · Fri May 09 17:15:02 GMT 2025

हुम्ला – स्टिम बाथ चुलोको प्रयोगले चार गुणाले दाउरा बचत हुने गरेको छ। स्टिम चुलोबाट थोरै दाउरा एक ठाउमा बाल्ने र त्यसबाट निस्केको बाफले खाना पाक्ने भएपछि पटक पटक दाउराको खर्च नहुँने हुदा दाउरा बचत हुने गरेको छ।
नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा स्थापना भएको गुम्बाको भान्सामा यही स्टिम वाथ चुलोको प्रयोग गर्ने गरिएको छ। दाउरा बचन र भान्सामा काम गर्नेको समय बचतका लागि यो प्रबिधिको चुलो प्रयोगमा ल्याएको हो। यो चुलोको प्रयोग नहुने समयमा एक छाक खाना पकाउनका लागि डेढ सय केजी दाउरा खर्च हुने गथ्र्यो। यसबाट दैनिक तीन क्वीटलर दाउरा खर्च हुने भएपछि बन बिनास बढी हुने देखिएपछि गुम्बाका मुख्य पुजारी लामाको सुझावको यो स्टिम बाथ चुलो स्थपना गरिएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)