कस्ताे छ त भर्खरै नेपालमा सार्वजनिक ओप्पो ए ५३ २०२० ?
gadgetframe.com · Wed Oct 07 02:52:00 UTC 2020
काठमाडौं । स्मार्टफोन उत्पादक कम्पनिहरु धमाधम नयाँ स्मार्टफोनहरु बजारमा ल्याइरहेका छन् र त्यसमा पनि मध्य स्तरको र ईन्ट्री लेभलको फोनहरु सबैभन्दा बढि सार्वजनिक भइरहेका छन् ।
ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए ५२ र ओप्पे ए ३१ नेपालमा सार्वजनिक गरेको लामो समय नबित्दै ईन्डोनेसियामा यसको ए सिरिजको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ जुन नेपालमा छिटै नै आउँदैछ ।
ईन्डोनेसियामा लन्च भएको ए सिरिजको नयाँ मोडल ओप्पो ए ५३ २०२० को ईन्डिोनेसियन मूल्य २४ लाख ९९ हजार रहेको भने नेपाली बजारमा लन्च गर्दा यसकाे मूल्य २२ हजार ९ सय ९० ताेकिएकाे छ ।
कस्तो छ ता ओप्पो ए ५३ २०२० ?
ए सिरिजको यस नयाँ मोडल ओप्पो ए ५३ २०२० केही समय अगाडि नेपाली बजारमा २९ हजार ९ सय ९९ रुपैंयामा लन्च भएको ओप्पो ए ५२ को अपग्रेडेड भर्सन हो । हामीले यस नयाँ ए सिरिज मोडलमा ओप्पोले निकै राम्रो
डिजाइन र डिस्प्ले
ओप्पो ए ५३ २०२० को डिजाईन करिब ओप्पो ए ५२ सँग मिल्दो जुल्दो रहेको छ तर ९० हर्जमा अपग्रेड गरिएको यसको रिफे्रश रेटले यसलाई थप राम्रो बनाएको छ । ओप्पो ए ५३ २०२० मा ६.७ एलसिडी एचडि डिस्प्ले रहेको छ जसको रिजोलुसन १६०० ७०० पिक्सल रहेको छ । यसको अगाडि भागमा पन्च होल पनि रहेको छ ।
पर्फमेन्स
ओप्पो ए ५३ २०२० मा क्वालकम स्न्यापड्रागन ४६० चिपसेटको प्रयोग गरिएको छ । यस प्रोसेसर प्रयोग गर्ने यो पहिलो स्मार्टफोन रहेको छ । यो ४ जिबि र्याम र ६४ जिबि ईन्टरनल स्टोरेज सहित उपल्ब्ध छ र यसमा माईक्रो एसडी कार्डको प्रयोग गरी २५६ जिबिसम्म स्टोरेज बढाउन सकिन्छ ।
क्यामरा
ओप्पो ए ५३ २०२० को पछाडि भागमा तीनवटा क्यामरा रहेको छ जुन १२ मेगापिक्सलको प्राईमेरी सेन्सर, २ मेगापिक्सलकको म्याक्रो लेन्स र २ मेगापिक्सलको डेप्थ सेन्सर रहेको छ । यसको अगािड भागमा पन्च होल सहितको १६ मेगापिक्सलको सेल्फी क्यामरा रहेको छ ।
ब्याट्रि
ओप्पो ए ५३ २०२० मा ५००० एमएएचको ब्याट्रि प्रयोग गरिएको छ जसले १८ वाटको फास्ट चार्जिङलाई सर्पोट गर्दछ ।
ओप्पो ए ५३ २०२० काे विशेषताहरु
Screen:
6.5-inch LCD, 20:9, 1080 x 720 pixels,
Rear camera:
13MP Primary lens, f/1.8, (wide), 1/2.8", 1.25µm
2MP macro camera f/2.4;
2MP depth sensor;
LED flash; 2160p@30fps video recording, EIS
Front camera:
16MP, f/2.0 lens; 1080p @30fps
Chipset:
Octa-core Snapdragon 460 Chipset
Memory and Storage:
4/64GB;
OS:
Android 10; Color OS 7.2 on top
Battery:
5,000 mAh 18W fast charging
Connectivity:
Dual SIM (4G), Bluetooth 5.0, dual band Wi-Fi, USB-C
Colors:
Electric Black and Fancy Blue.
Misc:
Rear-mounted fingerprint reader, Reverse charging
Price in Nepal: Rs.22,990
स्रोतमा पूरा पढ्नुहोस् (gadgetframe.com)