गुटबन्दीको प्रयास गर्नेलाई कारबाही गर्न सभापति रविसमक्ष मनिषको माग
shilapatra.com · Fri Jun 26 09:16:48 GMT 2026

रास्स्वपा महामन्त्रीमा उम्मेदवारी दिएका मनिष झाले आफूविरुद्ध गुटबन्दी गर्नेलाई कारबाही गर्न माग गरेका छन् । पदाधिकारी चुनावको क्रममा चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो माग गरेका हुन् ।
‘म यहीँबाट सभापतिज्यू यो गुटबन्दीको प्रयास गर्नेहरूलाई कारबाही गर्दिनुस् न भनेर अनुरोध गर्दछु,’ आफूविरुद्ध महामन्त्रीमा गुटबन्दी भएको संकेत गर्दै उनले भने । पार्टीमा समूहगत अभ्यास गर्ने विषय सभापतिकै अभिव्यक्ति विपरीत भएको समेत उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)