जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण
baahrakhari.com · Thu Jun 11 13:16:31 GMT 2026

काठमाडौं । जनअधिकार पार्टीले मधेसमा विद्युत् आपूर्तिको माग गर्दै नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएको छ । पार्टीका अध्यक्ष शरदसिंह यादवले प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलाई विद्युत् आपूर्तिको मागसहित ज्ञापनपत्र बुझाएको बताए ।
उनले भने, “अहिलेको प्रचण्ड गर्मीमा तराई मधेसको भूगोल जहाँ तापक्रम ४२ डिग्री र सोभन्दा माथि पुगेको अवस्थामा विद्युत् आपूर्तिको अवस्था कहालीलाग्दो छ । पाको उमेरका नागरिक, बालबालिका तथा बिरामीहरूको अवस्था दयनीय छ । प्राधिकरणका कर्मचारीहरूको सहयोग छैन ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)