रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
ratopati.com · Thu Jul 02 23:24:09 GMT 2026

काभ्रेपलाञ्चो । रोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा ६० वर्षमाथि र ७० वर्षमुनिका नागरिक, दलित, एकल महिला, महिला स्वास्थ्य स्वयंसेविका तथा विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ ।
गाउँसभाको अधिवेशनले वार्षिक नीति तथा कार्यक्रममा उक्त व्यवस्था उल्लेख गरेपछि बजेटसमेत सुनिश्चित भएको हो । अध्यक्ष दिनेश लामाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा रोशीले सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई पनि निःशुल्क दिवाखाजाको व्यवस्था गर्ने जनाइएको छ । यसका लागि रु ६९ लाख प्रस्तावित बजेट पारित गरिएको छ । सङ्घीय सरकारले कक्षा १ देखि ५ मा अध्ययनरत विद्यार्थीका लागिमात्रै दिवाखाजा उपलब्ध गराउँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)