दीपक भट्ट प्रकरणमा १२३ जनाविरुद्ध मुद्दा दायर, धितोपत्र र बीमा कसुरमा अभियोजन
aarthiknews.com

काठमाडौं । व्यवसायी दीपक भट्टसँग सम्बन्धित बहुचर्चित वित्तीय अनियमितता प्रकरणमा १२३ जना व्यक्ति तथा संस्थाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। सरकारी वकिल कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नियामक निकायहरूको अनुसन्धान प्रतिवेदनका आधारमा धितोपत्र तथा बीमा सम्बन्धी कसुरमा अभियोजन अघि बढाएको हो।
अदालतमा दायर गरिएको अभियोगअनुसार ८१ जनाविरुद्ध धितोपत्र सम्बन्धी कसुर तथा ४२ जनाविरुद्ध बीमा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। अभियोगमा बीमा कम्पनीहरूको कोष दुरुपयोग, भित्री कारोबार (इन्साइडर ट्रेडिङ), सेयर बजारमा मूल्य हेरफेर, गैरकानुनी लगानी तथा संगठित रूपमा वित्तीय अनियमितता गरेको आरोप लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)