रसुवा बाढीपीडितका लागि मेलम्ची बाढी प्रभावितहरुको सहयोग
annapurnapost.com · Thu Sep 03 12:46:18 GMT 2026

सिन्धुपाल्चोक : रसुवा बाढीपीडितहरुको पीडामा मल्हम लगाउने उद्देश्यका साथ सिन्धुपाल्चोकको मेलम्ची बाढी प्रभावितहरुको रकम संकलन गरी सहयोग गरेका छन्।
२०७८ असार २ मा आएको बाढीबाट पीडित मेलम्ची बाढी प्रभावितहरुले १ लाख ४ हजार १ सय ६५ रुपैयाँ संकलन गरेका छन्। पीडितहरुलाई केही भएपनि सहयोग होस् भन्ने हेतुले रकम संकलन गरिएको मेलम्ची बाढी प्रभावित प्रकाश श्रेष्ठले बताए। रसुवामा आएको विनाशकारी बाढीले धेरै परिवारलाई पीडा, दुःख र अनिश्चितताको अवस्थामा पु¥याएको छ,’ श्रेष्ठले भने, ‘केही वर्षअघि हामीले मेलम्ची बाढीको पीडा भोगेका छौं। यो पीडा कत्ति गहिरो हुन्छ हामीले बुझेका छौं। उहाँहरुको पीडामा थोरै भएपनि मल्हम लगाउन हामीले मेलम्ची बाढी प्रभावितहरुबाट रकम संकलन गरेका हौं।’ मेलम्चीबासी, व्यवसायी, समाजसेवी तथा सहयोगीबाट १ लाख ४ हजार १ सय पैंसठ्ठी रुपैयाँ संकलन गरिएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)