मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
news24nepal.tv · Thu Sep 03 12:50:41 GMT 2026

काठमाडाैँ । मारुती सिमेन्ट्स लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावितहरुका लागि प्रधानमन्त्री राहत कोषमा रु. १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकमको चेक मारुती सिमेन्ट्स लिमिटेडका सञ्चालकहरु श्री नन्दकिशोर राठी, श्री मनोज कुमार गोयल, श्री शरद गोयल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले माननीय अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे ।
कम्पनीले विपद् तथा कठिन परिस्थितिमा प्रभावित नागरिकलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा उक्त रकम प्रदान गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)