विराट अस्पतालद्वारा बिरामी भर्ना कटौती, समाधानको प्रयास जारी
ratopati.com · Thu Sep 03 13:02:01 GMT 2026

विराटनगर। कोशी प्रदेशको राजधानी विराटनगरमा स्वास्थ्य प्रयोजनका लागि प्रयोग हुने (मानवीय) अक्सिजनको अभाव देखिएको छ । स्थानीय अक्सिजन उत्पादक उद्योगहरूमा प्राविधिक समस्या आई उत्पादन ठप्प भएपछि यहाँका प्रमुख अस्पतालहरूमा अक्सिजनको अभाव भएको हो । अक्सिजनको सहज आपूर्ति नहुँदा अस्पतालहरूले नयाँ बिरामीको भर्नासमेत कटौती गर्न थालेको बताएका छन् ।
अक्सिजनको सङ्कट गहिरिएपछि मोरङका अस्पतालहरूले छिमेकी जिल्ला सुनसरीको इटहरी र झापाको बिर्तामोडका साथै धनुषा (जनकपुर) सम्मबाट अक्सिजन सिलिन्डर मगाउनुपर्ने बाध्यता सिर्जना भएको जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)