मोरङको पथरीमा स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ को मृत्यु
setopati.com · Mon Dec 28 17:03:55 UTC 2020
मोरङको पथरी-उर्लाबारी सडक खण्डमा सोमबार सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
पथरीशनिश्चरे-२ को पूर्व-पश्चिम सडकमा पूर्वबाट पश्चिम जाँदै गरेको को १ च १९४५ नम्बरको स्कारपियोले नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिँदा मोरङ मिक्लाजुङ-४ का सन्तोष लिम्बुको घटनास्थलमा र सोही ठाउँका सुनिल बिकको उपचारका क्रममा विराटनगर स्थित न्युरो अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)