कोरलाबाट मालवस्तु ढुवानी बढ्यो, एक सातामा २५२ कन्टेनर पुगे
khabarhub.com · Thu Sep 03 13:33:55 GMT 2026

मुस्ताङ – भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरलानाकाबाट मालवस्तु ढुवानी गर्न थालिएको छ । रसुवागढी नाका बन्द हुनुअघि औसत (८-१०)कन्टेनरमा मात्रै आवतजावत गर्ने कोरलानाकामा रसुवागढी बन्द भएपछि मालवस्तु बोक्ने ढुवानीका कन्टेनरहरूको सङ्ख्या बढ्ना थालेको हो ।
सशस्त्र प्रहरी बल ३३ नं गुल्म हेडक्वाटर जोमसोमका अनुसार रसुवाको विनाशकारी बाढीबाट उक्त क्षेत्रको रसुवागढी नाका पूर्ण रूपमा बन्द हुँदा कोरलानाकातर्फ मालवस्तु ढुवानी गर्ने कन्टेनरको सङ्ख्या अप्रत्याशित रूपमा बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)