भारत सरकारको सहयोगमा पुनर्निर्मित जेष्ठ वर्ण महाविहारलाई युनेस्कोको ‘अवार्ड अफ मेरिट’ हस्तान्तरण
lokaantar.com

भारत सरकारको अनुदान सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरस्थित जेष्ठ वर्ण महाविहारलाई प्रदान गरिएको सन् २०२५ को युनेस्को एसिया–प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कारअन्तर्गतको ‘अवार्ड अफ मेरिट’ औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
नेपालस्थित भारतीय राजदूतावासका अनुसार बिहीबार आयोजित कार्यक्रममा नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोईले ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डेको उपस्थितिमा जेष्ठ वर्ण महाविहार उपभोक्ता समितिलाई धातुपट्टिका र आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। कार्यक्रममा स्थानीय समुदाय, इन्डियन नेशनल ट्रस्ट फर आर्ट एन्ड कल्चरल हेरिटेज (इन्ट्याक), सम्पदा संरक्षणविद् तथा नेपाल सरकारका अधिकारीहरूको सहभागिता थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)